कालीगण्डकीमा पहिलोपटक ६६.३ मेगावाटको जलविद्युत् आयोजना,आईएमई ग्रुपको नेतृत्वमा निर्माण सुरु

कालीगण्डकीमा पहिलोपटक ६६.३ मेगावाटको जलविद्युत् आयोजना,आईएमई ग्रुपको नेतृत्वमा निर्माण सुरु

आईएमई ग्रुपको नेतृत्वमा कालीगण्डकी नदीमा पहिलोपटक जलविद्युत् आयोजना निर्माण सुरु भएको छ। म्याग्दीको अन्नपूर्ण गाउँपालिका क्षेत्रमा हाइड्रो सपोर्ट कम्पनीले ६६.३ मेगावाट क्षमताको मध्य कालीगण्डकी जलविद्युत् आयोजना निर्माण थालेको हो।

सिभिल निर्माणको जिम्मा लिएको रसुवा–मल्टि जेभीले अन्नपूर्ण गाउँपालिका–२ स्थित नागढङ्गाबाट ४ हजार ३१९ मिटर लामो सुरुङ निर्माण कार्य विस्फोटक पदार्थ प्रयोग गरी सुरु गरिसकेको छ।

Read More