लगातार तेस्रो वर्ष पनि बढ्यो तयारी सिमेन्टको निर्यात


लगातार तेस्रो वर्ष पनि बढ्यो तयारी सिमेन्टको निर्यात

नेपालबाट तयारी सिमेन्टको निर्यात लगातार तेस्रो वर्ष बढेको छ। यद्यपि, अर्धतयारी सिमेन्ट (क्लिंकर) को निर्यात भने घटेको छ।

पछिल्लो आर्थिक वर्ष (२०८१/८२) मा नेपालबाट २ अर्ब २२ करोड रूपैयाँ बराबरको तयारी सिमेन्ट र ६९ करोड ७३ लाख रूपैयाँ बराबरको क्लिंकर भारत निर्यात भएको छ।

आर्थिक वर्ष २०८०/८१ मा क्लिंकर र तयारी सिमेन्टको निर्यात लगभग बराबर थियो। उक्त वर्ष १ अर्ब ८८ करोडको क्लिंकर र १ अर्ब ९७ करोड रूपैयाँको तयारी सिमेन्ट निर्यात भएको थियो।

समग्रमा, त्यो आर्थिक वर्षमा कुल ३ अर्ब ८५ करोड रूपैयाँ बराबरको सिमेन्ट तथा क्लिंकर निर्यात भएको थियो।

Read More