बैंकमा लगानीयोग्य रकम थुप्रिँदा विकास ऋणपत्रमा आकर्षण


बैंकमा लगानीयोग्य रकम थुप्रिँदा विकास ऋणपत्रमा आकर्षण

काठमाडौं । बैंकहरूमा लगानीयोग्य रकम (तरलता) थुप्रिएपछि सरकारले जारी गरेको विकास ऋणपत्रमा सात गुणाभन्दा बढी आवेदन परेको छ ।

२० अर्ब आन्तरिक ऋण माग्दा १ खर्ब ३७ अर्ब दिन तयार

बैंकहरूमा ऋण परिचालन गर्ने रकम अधिक भएपछि अर्थात् अधिक तरलता भएपछि सर्वसाधारणदेखि बैंक तथा वित्तीय संस्थाहरूसमेत ३ देखि ४ वर्षका लागि जारी भएका लामो अवधिका विकास ऋणपत्रमा समेत ३ प्रतिशत ब्याजदरमा लगानी गर्ने प्रतिस्पर्धा चलेको छ ।

सरकारले चालू आर्थिक वर्षमा २ खर्ब २६ अर्ब रुपैयाँको विकास ऋणपत्र बिक्री गर्ने योजना बनाएकामा साउनमा दुईपटक विकास ऋणपत्र जारी गरिसकेको छ ।

Read More