मध्यकालीगण्डकी जलविद्युत् आयोजना निर्माण शुरु‚ सुरुङ बनाउन थालियो


मध्यकालीगण्डकी जलविद्युत् आयोजना निर्माण शुरु‚ सुरुङ बनाउन थालियो

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका भएर बग्ने कालीगण्डकी नदीबाट विद्युत् उत्पादन गर्न जलविद्युत् आयोजना निर्माण शुरु भएको छ । कालीगण्डकी नदीमा निर्माण हुन लागेको यो पहिलो आयोजना हो ।  

हाइड्रो सपोर्ट कम्पनीले ६६ दशमलव ३ मेगावाट क्षमताको मध्य कालीगण्डकी जलविद्युत् आयोजना निर्माण थालेको हो । सिभिल ठेकेदार रसुवा–मल्टी जेभीले अन्नपूर्ण गाउँपालिका–२ नागढुङ्गामा विस्फोटक पदार्थको प्रयोग गरेर गत हप्तादेखि ४ हजार ३१९ मीटर लामो सुरुङ निर्माण शुरु गरेको हाइड्रो सपोर्टका सञ्चालक चन्द्र ढकालले बताए । 

Read More