नक्कली निर्यातमा सरकारको आत्मरति, १५ देशबाट आयात गरेर भारत निर्यात


नक्कली निर्यातमा सरकारको आत्मरति, १५ देशबाट आयात गरेर भारत निर्यात

काठमाडौं : यस वर्ष निर्यात बढेको भन्दै सरकारले ठूलै प्रचार गरिरहेको छ । प्रधानमन्त्री केपी ओली आफैंले फेसबुकमा स्टाटस लेख्दै निर्यातमा इतिहासकै उच्च विन्दु हासिल भएको बताएका छन् । 

तर, नेपालबाट भएको निर्यात नेपालको वास्तविक निर्यात  भने होइन । नेपालको वास्तविक निर्यात मानिने अलैँची, अदुवा, चिया, गलैँचा, तयारी पोसाक, धागो आदि वस्तुको निर्यातमा सामान्यमात्र वृद्धि भएको छ । तर, विदेशबाट आयात गरी सामान्य मूल्य अभिवृद्धि गरेर निर्यात गर्ने भटमास र सनफ्लावर तेलको निर्यात बढेको भन्दै सरकार खुसियाली मनाइरहेको छ ।

Read More