भारत, चीनले मान्यता दिने गरी गुणस्तर प्रयोगशाला बनाउन अर्थ र उद्योग मन्त्रालयको छलफल


भारत, चीनले मान्यता दिने गरी गुणस्तर प्रयोगशाला बनाउन अर्थ र उद्योग मन्त्रालयको छलफल

अर्थ मन्त्रालयले आर्थिक वर्ष २०८२/८३ को बजेट कार्यान्वयनसम्बन्धी मन्त्रालयगत छलफल सुरू गरेको छ ।

यसै क्रममा अर्थ मन्त्रालयले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयसँग छलफल गरेको छ ।

भारत, चीन लगायत अन्तर्राष्ट्रिय समुदायले मान्यता दिने गरी नेपालमा अन्तर्राष्ट्रिय स्तरको गुणस्तर प्रयोगशाला स्थापना गर्ने, झापा, मकवानपुरको मयुरधाप, चितवनको शक्तिखोरमा आधुनिक औद्योगिक क्षेत्रको निर्माण लगायतका विषयमा छलफल गरिएको बताइएको छ।

Read More