संस्थापक सेयर स्वतः सर्वसाधारणमा परिणत नहुने निर्देशिका अव्यावहारिक


संस्थापक सेयर स्वतः सर्वसाधारणमा परिणत नहुने निर्देशिका अव्यावहारिक

१६ साउन, काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले सीडीएस एन्ड क्लियरिङ लिमिटेड (सीडीएससी) द्वारा हालै जारी ‘धितोपत्र अभौतिकीकरण कार्य सञ्चालन निर्देशिका २०८२’ मा प्रस्तावित नयाँ व्यवस्थालाई अव्यवहारिक, लगानी प्रतिकूल र सेयर बजारमै अनिश्चितता पैदा गराउने ठहर गरेको छ ।

सीडीएससीले अभौतिकीकृत धितोपत्रहरूलाई संस्थापक र सर्वसाधारणलाई फरक आईएसआईएन (आइजिन) नम्बर प्रदान गर्ने तथा लकिङ पिरियडपछि संस्थापक सेयर स्वतः सर्वसाधारणमा परिणत नहुने व्यवस्थाप्रति गम्भीर ध्यानाकर्षण भएको चेम्बरले उल्लेख गरेको छ ।

Read More