चालु वर्षको पहिलो १५ दिनमा सरकारले गर्‍यो २७ अर्बको आम्दानी


चालु वर्षको पहिलो १५ दिनमा सरकारले गर्‍यो २७ अर्बको आम्दानी

चालु आर्थिक वर्ष (२०८२/८३) को पहिलो १५ दिनको अवधिमा संघीय सरकारको खर्च तथा आम्दानीमा सुधार देखिएको छ।

महालेखा नियन्त्रक कार्यालयको तथ्यांक अनुसार पहिलो १५ दिनको अवधिमा २७ अर्ब ४६ करोड रूपैयाँ बराबरको आम्दानी भएको छ। अघिल्लो वर्षको यसै अवधिमा २३ अर्ब ४९ करोड रूपैयाँ बराबरको आम्दानी भएको थियो।

चालु वर्षमा गरिएको आम्दानीमध्ये २७ अर्ब नौ करोड रूपैयाँ राजस्व १३ करोड ५० लाख रूपैयाँ वैदेशिक अनुदान रहेको छ।

यो अवधिमा दुई अर्ब ३० करोड रूपैयाँको अन्य प्राप्त पनि भएको छ।

गत वर्षको तुलनामा आम्दानीमा १७ प्रतिशतको सुधार देखिएको छ। आर्थिक वर्षको सुरूको समयमा खर्चतर्फ पनि सुधार देखिएको छ। गत वर्ष १५ दिनको अवधिमा दुई अर्ब ७० करोड रूपैयाँ मात्रै खर्च भएको थियो।

Read More