दूरगामी सहकारीमा बचतकर्ताको १२ करोड हिनामिना, २५ करोड नियम विपरीत लगानी


दूरगामी सहकारीमा बचतकर्ताको १२ करोड हिनामिना, २५ करोड नियम विपरीत लगानी

रुपन्देहीको तिलोत्तमास्थित डिङ्गर नगर दूरगामी बहुउद्देश्यीय सहकारी संस्थाको स्वतन्त्र लेखा परीक्षकको प्रतिवेदन स्वतन्त्र लेखा परीक्षण समितिलाई हस्तान्तरण गरिएको छ।

सहकारीको करोडौँ रकम हिनामिनाको विषयमा छानबिन गर्न स्वतन्त्र लेखा परीक्षण समिति गठन गरिएको थियो।

सहकारीको रकम हिनामिना गरेर अध्यक्ष घनश्याम तिवारी र सचिव रामबहादुर कुवंर फरार भएपछि सहकारीका अन्य सञ्चालक र बचतकर्ताहरूले लेखा परीक्षक योगचन्द्र बास्तोलाको नेतृत्वमा स्वतन्त्र लेखा  परीक्षण  गर्न समिति बनाएको थियो।

Read More