वीरगन्ज : वीरगन्ज नाकाबाट विदेशमा कुकुर र बिरालोको खानाका रूपमा प्रयोग गरिने छुर्पीको निर्यात ह्वात्तै बढेको छ । वीरगन्ज नाका हुँदै गत आर्थिक वर्ष २०८१/८२ मा मात्रै १ अर्ब २० करोड रुपैयाँ मूल्य बराबरको ६ सय ८० मेट्रिक टन छुर्पी तेस्रो मुलुकमा निर्यात भएको हो।
आर्थिक वर्ष २०८०/८१ मा भने वीरगन्ज नाका हुँदै ६८ करोड रुपैयाँ मूल्य बराबरको ३ सय ७५ मेट्रिक टनमात्रै छुर्पी तेस्रो मुलुकमा निर्यात भएको थियो। आर्थिक वर्ष २०७९/८० मा भने वीरगन्ज नाका हुँदै २६ करोड ६३ लाख रुपैयाँ मूल्य बराबरको २ सय ६८ मेट्रिक टन छुर्पी विदेशमा निर्यात भएको थियो।


