नवप्रवर्तनलाई ८८ करोड सहुलियत कर्जा


नवप्रवर्तनलाई ८८ करोड सहुलियत कर्जा

सरकारले नवप्रवर्तन स्टार्टअपलाई प्रोत्साहन गर्न एक वर्षको अवधिमा करिब साढे ८८ करोड रूपैयाँ सहुलियत कर्जा प्रदान गरेको छ। आर्थिक वर्ष २०८१/८२ मा ६ सय स्टार्टअप उद्यमीलाई ८८ करोड ६६ लाख २५ हजार रूपैयाँ बराबरको कर्जा प्रवाह गरेको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ।

२१ सय ५८ परियोजना प्रस्ताव प्राप्त भएकोमा प्रारम्भिक मूल्यांकनपछि १३ सय १४ प्रस्तावलाई सूचीमा समावेश गरी व्यावसायिक योजनाका आधारमा ६ सय योजना छनोट गरेको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका प्रवक्ता जितेन्द्र बस्नेतले बताए। ‘राष्ट्रिय वाणिज्य बैंकमार्फत ६ सय वटा परियोजनालाई कर्जा उपलब्ध गराएका छाैं,’ बस्नेतले भने।

Read More