चालू आर्थिक वर्षमा १२१ वटा नयाँ कानुन बनाउने सरकारको लक्ष्य


चालू आर्थिक वर्षमा १२१ वटा नयाँ कानुन बनाउने सरकारको लक्ष्य

१३ साउन, काठमाडौं। सरकारले चालू आर्थिक वर्षमा १२१ वटा नया कानुन मन्त्रालयको लक्ष्य राखेको छ ।

सरकारको नीति तथा कार्यक्रम, बजेट, आवधिक योजना क्षेत्रगत नीति तथा अन्तर्राष्ट्रिय सन्धि सम्झौताद्वारा सिर्जित दायित्व समेतका आधारमा नयाँ कानुन बनाउन लागिएको हो ।

कानुन न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाका अनुसार सम्बन्धित मन्त्रालयले तर्जुमा गर्नु पर्ने विधेयक पहिचान गरी विधेयकको प्राथमिकताक्रम खुलाई लक्ष्य निर्धारण गरिएको हो ।

Read More