बैंकका अध्यक्ष र सीईओहरूसँग छलफल गर्दै गभर्नर पौडेल, यी हुन मुख्य एजेन्डा


बैंकका अध्यक्ष र सीईओहरूसँग छलफल गर्दै गभर्नर पौडेल, यी हुन मुख्य एजेन्डा

काठमाडौँ — नेपाल राष्ट्र बैंकका गभर्नर विश्वनाथ पौडेलले बैंक तथा वित्तीय संस्थाका अध्यक्ष र प्रमुख कार्यकारी अधिकृतहरुसँग छलफल गर्दै छन् । आज (मंगलबार) बैंकहरूका प्रमुख कार्यकारी अधिकृतहरूसँग छलफल गरिरहेका गभर्नर पौडेलले बुधबार अध्यक्षसँग अन्तरक्रिया गर्ने कार्यक्रम छ ।

मौद्रिक नीतिले गरेको नीतिगत व्यवस्था, बैंक तथा वित्तीय संस्थासम्बन्धी संशोधन विधेयक र दोस्रो वित्तीय क्षेत्र सुधार रणनीति गरी तीन वटा एजेन्डासहित छलफल डाकिएको छ । वित्तीय क्षेत्रको पछिल्लो अवस्था, कर्जा प्रवाह र असुली, मौद्रिक नीतिमार्फत गरिएका नयाँ व्यवस्थालगायत विषयमा छलफल गर्न लागिएको राष्ट्र बैंक स्रोतले बताएको छ ।

Read More