रूपन्देहीको मणिग्रामस्थित नेपाल विद्युत प्राधिकरणको नयाँ मिल वितरण केन्द्रको महसुल संकलन काउन्टर बन्द हुने भएको छ।
अधिकांश उपभोक्ताहरूले डिजिटल प्रणालीमार्फत् विद्युतको महसुल भुक्तानी गर्दै आएको र बाँकी उपभोक्तालाई पनि डिजिटल प्रणालीमार्फत् भुक्तानी गर्ने बानी पार्दै भदौ २ गतेदेखि कार्यालयमा रहेको नगद काउन्टर बन्द गर्न लागिएको हो।
नेपाल विद्युत प्राधिकरणको नयाँ मिल वितरण केन्द्रका प्रमुख रितेश गुप्ताका अनुसार नयाँ मिल शाखा डिजिटल प्रणालीमार्फत महसुल संकलन गर्ने र नगद काउन्टर बन्द गर्ने नेपालकै पहिलो शाखा हुनेछ।


