‘अहिले बैंकहरुको लाइसेन्स बाँड्न सकिन्न’


‘अहिले बैंकहरुको लाइसेन्स बाँड्न सकिन्न’

काठमाडौं- डेपुटी गभर्नर निलम ढुंगानाले नयाँ बैंकको लाइसेन्स अहिले नै बाँड्न सक्ने अवस्था नरहेको प्रष्ट पारेकी छिन् । काठमाडौंमा आइतबार आयोजित एक कार्यक्रममा ढुंगानाले नयाँ बैंक स्थापनाबारे चर्चा भएपनि अहिले नै लाइसेन्स बाँड्नसक्ने स्थिति नरहेको बताएकी हुन् ।

ढुंगानाकाअनुसार बैंकहरुमा अस्वस्थ प्रतिस्पर्धा भयो भन्न थालेको अहिले धेरै भएको छैन । कतिपय बैंकहरुमा समस्या भएका कारण अरुमा मर्ज गरिएको धेरै भएको छैन । मर्ज गर्ने स्थिति आएर मर्ज गर्नुपर्‍यो । कतिवटा बैंकहरु उपयुक्त हुन्छ भन्ने सन्दर्भमा राष्ट्र बैंकले अध्ययन समेत गरेको थियो ।

Read More