काठमाडौँ । कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री राजिव बिक्रम शाहमाथि आर्थिक हिनामिना गरेको आरोप लागेको छ ।
एथलेटिक्स सङ्घका ६ जना सदस्यले आइतबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै अर्थमन्त्री शाहले संङ्घकाे अध्यक्ष भएकाे समयमा विभिन्न सुविधा लिँदै आर्थिक हिनामिना गरेको आरोप लगाएका हुन् ।
शाहले १६ औँ एसियन क्रसकन्ट्री दौड प्रतियोगितामा आर्थिक हिनामिना गरेको ती सदस्यहरूको आरोप छ । एसियन एथलेटिक्स सङ्घबाट आएको १८ हजार अमेरिकी डलरलाई शाहले एकलौटी ढङ्गबाट खर्च गरेको समेत आरोप लगाइएको छ ।


