आर्थिक वर्ष २०८१/८२ को अन्त्यसम्म आइपुग्दा वाणिज्य बैंकहरूसँग लगानीयोग्य तरलता प्रशस्त देखिएको छ। तर, त्यसको प्रयोग गरेर कर्जा प्रवाह भने अपेक्षाअनुसार हुन सकेको छैन।
नेपाल राष्ट्र बैंकको नीति अनुसार, बैंकहरूले संकलन गरेको निक्षेपको ९० प्रतिशतसम्म कर्जा लगानी गर्न सक्छन्। तर हाल बैंकहरूको औसत कर्जा–निक्षेप अनुपात (सीडी रेसियो) झरेर ७६.१८ प्रतिशतमा सीमित भएको छ। यसले प्रस्ट पार्छ कि बैंकहरूसँग लगानीयोग्य रकम प्रशस्त भए पनि लगानी सकिएको छैन।


