बैंक निक्षेपको ६७ र कर्जाको ५९ प्रतिशत हिस्सा बागमतीमै


बैंक निक्षेपको ६७ र कर्जाको ५९ प्रतिशत हिस्सा बागमतीमै

काठमाडौँ — हामीले आफ्नो आवश्यकता पूरा गरेपछि बचेको धेरथोर पैसा बैंकमा बचत गरेका हुन्छौं । अनुमान गर्नुस्, तपाईं–हामी सबैले बैंक तथा वित्तीय संस्थामा जम्मा गरेको कुल पैसा कति पुग्यो होला ? 

यसको उत्तर राष्ट्र बैंकसँग तयारी अवस्थामा छ । गत सातासम्म बैंक तथा वित्तीय संस्थामा जम्मा भएको कुल निक्षेप ७२ खर्ब ४५ अर्ब रुपैयाँ छ । यो नेपालको अर्थतन्त्रको आकारभन्दा धेरै हो । गत सातासम्मको कुल निक्षेप नेपालको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को अनुपातमा करिब ११४ प्रतिशत हो ।

Read More