नेपाल आइपुग्यो १४ दातृ निकायको पौने ३ खर्ब


नेपाल आइपुग्यो १४ दातृ निकायको पौने ३ खर्ब

काठमाडौं । आर्थिक वर्ष २०८१–०८२ मा सरकारले अन्तर्राष्ट्रिय दातृ निकायबाट २ खर्ब ७३ अर्ब रुपैयाँ सहायता प्राप्त गरेको छ । एक वर्षको अवधिमा ऋण र अनुदान गरेर यो रकम प्राप्त गरेको सरकारले विभिन्न विकास आयोजना कार्यान्वयनका लागि विकास सहायता निकायसँग ऋण र अनुदानका रूपमा सहायता लिने गर्छ ।

अर्थ मन्त्रालयअन्तर्गत अन्तर्राष्ट्रिय आर्थिक सहयोग समन्वय महाशाखाले १४ वटा दातृ निकायसँग ३३ वटा अनुदान र ऋण सम्झौता गरेको जनाएको छ । सरकारले प्राप्त गरेको सहायतामा २१ प्रतिशतमात्रै अनुदान छ भने ७९ प्रतिशत ऋण छ । सहायताको रूपमा ५७ अर्ब ५० करोड प्राप्त गरेको छ भने २ खर्ब १५ अर्ब ५४ करोड ऋणका रूपमा प्राप्त गरेको तथ्यांक छ ।

Read More