काठमाडौँ, साउन ११ गते । आगामी भदौभित्र ऋणको साँवाब्याज भुक्तानी गरे समस्याग्रस्त सहकारी संस्थाका ऋणीले छुट पाउने भएका छन् ।
बागमती प्रदेश सहकारी तथा गरिबी निवारण मन्त्रालय अन्तर्गत गठित समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले जारी गरेको सूचना अनुसार समस्याग्रस्त घोषणा भएका सहकारीका ऋणीले भदौ ३१ गतेसम्म ऋणको साँवाब्याज भुक्तानी गरेमा ब्याज र हर्जना छुट पाउने भएका हुन् ।
समस्याग्रस्त सहकारी संस्थाका ऋणी सदस्यले संस्था समस्याग्रस्त घोषणा हुनुभन्दा अघिल्लो दिनलाई आधार मानेर भदौ मसान्तसम्म ऋणको साँवाब्याज भुक्तानी गरेमा त्यसपछिको ब्याज र हर्जना नलाग्ने सूचनामा उल्लेख छ ।


