नयाँ स्टक एक्सचेन्जको लाइसेन्स बाँड्ने विषय बोर्डको नीति तथा कार्यक्रममै समेटियो


नयाँ स्टक एक्सचेन्जको लाइसेन्स बाँड्ने विषय बोर्डको नीति तथा कार्यक्रममै समेटियो

काठमाडौँ — निकै विवादित र पेचिलो बन्दै गएको निजी क्षेत्रको लगानीमा नयाँ स्टक एक्सचेन्जको लाइसेन्स वितरण गर्ने विषयलाई धितोपत्र बोर्डले आफ्नो नीति तथा कार्यक्रममै समेटेको छ।

नयाँ स्टक एक्सचेन्जको लाइसेन्सका लागि ठूलो कमिसनको खेल चलिरहेको भन्दै संघीय संसद् तथा संसदीय समितिहरूमा त्यसलाई रोक्नुपर्ने आवाज उठिरहेको बेला बोर्डले चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा उक्त विषय समेटेको हो। यति धेरै विवादका बाबजुद पनि बोर्डले स्टक एक्सचेन्जको लाइसेन्स वितरण गरेरै छाड्ने ध्याउन्नमा रहेको पुष्टि हुन्छ।

Read More