नेपाल राष्ट्र बैंकका गभर्नर विश्वनाथ पौडेलको नियुक्तिसम्बन्धी विषयमा छानबिनको माग गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ।
'राष्ट्रभक्तनेपाली’ नामक समूहद्वारा दर्ता गरिएको उक्त उजुरीमा पौडेललाई नेपाल राष्ट्र बैंक ऐन, २०५६ मा तोकिएको मापदण्ड नपुगेको व्यक्तिका रूपमा नियुक्त गरिएको दाबी गरिएको छ।


