बंगलादेशी कम्पनीले हउलदार युनुस एन्ड कम्पनीले नेपालका १० ठूला कम्पनीको बाह्य लेखापरीक्षण गर्ने भएको छ।
दोस्रो चरणको छनोटमा यो कम्पनी छानिएको हो। यसबापत कम्पनीले नेपाली र विदेशी दुवै मुद्रामा भुक्तानी पाउने भएको छ।
कम्पनीले ६२ लाख ५४ हजार रूपैयाँ र दुई लाख ७१ हजार डलर (करिब तीन करोड ७१ लाख रूपैयाँ) भुक्तानी पाउने भएको छ।
अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) को सहयोगमा नेपालका १० ठूला वाणिज्य बैंकको बाह्य लेखापरीक्षण गर्न लागिएको हो।


