२३ लाख श्रमिकले सामाजिक सुरक्षा कोषमा जम्मा गरे ८३ अर्ब रूपैयाँ


२३ लाख श्रमिकले सामाजिक सुरक्षा कोषमा जम्मा गरे ८३ अर्ब रूपैयाँ

योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा रोजगारदाता र योगदानकर्ताको सूचीकरण र योगदान रकम संकलनमा उल्लेख्य बढेको कोषले जनाएको छ।

आर्थिक वर्ष २०८१/८२ सम्म कुल रोजगारदाता सूचीकरण संख्या २० हजार ९५१ पुगेको छ। 

आर्थिक वर्ष २०८१/८२ मा मात्रै योगदानकर्ताको संख्या आठ लाख ८९ हजार ९४६ थपिएको कोषले जनाएको छ। 
योसँगै कुल योगदानकर्ताको संख्या २३ लाख ७४ हजार ४८६ पुगेको छ।

जसमध्ये औपचारिकतर्फ ६ लाख एक हजार ८२५, वैदेशिक क्षेत्रतर्फ १७ लाख ७१ हजार ५३७ छ। अनौपचारिक र स्वरोजगार क्षेत्र तर्फका श्रमिक एक हजार १२४ संख्या आवद्ध भएका छन्।

Read More