काठमाडौँ। सार्वजनिक लेखा समितिले जग्दुल्ला जलविद्युत् आयोजनाको ठेक्का प्रक्रिया अगाडि बढाउन निर्देशन दिएको छ। बुधबार जग्दुल्ला जलविद्युत् आयोजनाको ठेक्का प्रक्रियामा भएको ढिलाइ र अनियमितताका विषयमा भएको छलफल पछि यस्तो निर्देशन दिएको हो।
समितिमा बोल्दै समिति सभापति ऋषिकेश पोखरेलले जग्दुल्ला जलविद्युत् आयोजनाको ठेक्का प्रक्रियाका विषयमा सर्वोच्च अदालतमा मुद्दा रहेको बताए । उनले सर्वोच्च अदालतमा मुद्दा रहेता पनि प्रचलित कानुन विपरीत नहुने गरी सम्बन्धित निकायलाई जबाफदेही हुने गरी आवश्यक प्रक्रिया अगाडि बढाउन निर्देशन दिए।


