मधेशका किसानका लागि विशेष कार्यक्रम ल्याउने सरकारको तयारी


मधेशका किसानका लागि विशेष कार्यक्रम ल्याउने सरकारको तयारी

काठमाडौं : मधेश प्रदेशमा खडेरीका कारण धेरै किसानले धान रोप्न नपाएपछि मर्कामा परेका किसानहरूका लागि संघीय सरकारले विशेष कार्यक्रम ल्याउने तयारी गरेको छ।

मधेश प्रदेशलाई प्रदेश सरकारले सुक्खा क्षेत्र घोषणा गरिसकेकाले संघीय सरकारले विशेष कार्यक्रम ल्याउन लागेको कृषि मन्त्री रामनाथ अधिकारीले बताए।

आज बिहान ११ बजेपछि बस्ने मन्त्रिपरिषदको बैठकले मधेश प्रदेशका खडेरी पीडित किसान विशेष कार्यक्रमबारे निर्णय गर्ने बताए। उनले मधेश प्रदेशमा खडेरी परेकाले धेरै किसानहरूले धान रोप्न नपाएको र किसानहरू मर्कामा पर्नुका साथै अन्नको अभाव हुने भएकाले संघीय सरकारले केही विशेष कार्यक्रम ल्याउनु पर्ने प्रस्ताव आफूले राखेको उनको भनाइ छ।

 

Read More