पछिल्लो आर्थिक वर्ष (२०८१/८२) मा नेपालको निर्यात व्यापारमा उछाल आएको छ। ऐतिहासिक वृद्धिदर देखिएको छ।
एकै वर्षमा दुई खर्ब ७७ अर्ब रुपैयाँ बराबरको वस्तु नेपालबाट विदेशी बजारमा बिक्री भएको हो। आर्थिक वर्ष २०८०/०८१ मा एक खर्ब ५२ अर्ब रूपैयाँ बराबरको मात्रै बिक्री भएको थियो। पछिल्लो वर्षमा निर्यात वृद्धिदर करिब ८२ प्रतिशतको छ।
विगतमा कुनै पनि आर्थिक वर्षमा नदेखिएको निर्यात वृद्धिदर पछिल्लो वर्षमा देखिएको हो। उपलब्ध भन्सार तथ्यांकअनुसार आर्थिक वर्ष २०३१/०३२ यता आर्थिक वर्ष २०४०/४१ मा ५० प्रतिशत र त्यसपछिको आर्थिक वर्षमा ६० प्रतिशतको निर्यात वृद्धिदर पुगेको थियो।


