कर कार्यालय गौरद्वारा ४८ करोड १० लाख राजस्व सङ्कलन


कर कार्यालय गौरद्वारा ४८ करोड १० लाख राजस्व सङ्कलन

चन्द्रपुर (रौतहट), साउन ६ गते । करदाता सेवा कार्यालय गौरले आर्थिक वर्ष २०८१/०८२ मा ४८  करोड १० लाख रुपियाँ राजस्व सङ्कलन गरेको छ । आर्थिक वर्ष २०८१/०८२ मा कार्यालयलाइ ५४ करोड लक्ष्य दिइएको करदाता सेवा लार्यालय गौरका कर अधिकृत रेशम तामाङ्गले जानकारी दिनुभयो ।

नागरिकलाई करप्रति सकारात्मक बनाउने, स्थानीय तहहरुसँग समन्वय र करदाता शिक्षा सञ्चालन, अग्रिम आयकरका लागि म्यासेज, फोन र सूचना गरेका कारण कार्यालयले आर्थिक वर्ष २०८१/०८२ मा लक्ष्यको ८८ प्रतिशत राजस्व सङ्कलन गर्न सफल भएको कर अधिकृत तामाङ्गले बताउनुभयो ।

Read More