नेपाल र चीनबीच चार परियोजनाको समझदारी, रसुवामा पुनर्निर्माणका लागि सघाउने


नेपाल र चीनबीच चार परियोजनाको समझदारी, रसुवामा पुनर्निर्माणका लागि सघाउने

काठमाडौं : नेपाल र चीनबीच ४ वटा परियोजनाको समझदारी पत्रमा हस्ताक्षर भएको छ। 

उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र चीनको अन्तर्राष्ट्रिय विकास सहायता नियोग (सिड्का)का अध्यक्ष चेन सियाओदोङ्ग नेतृत्वको प्रतिनिधिमण्डलबीच भेटवार्तापछि हस्ताक्षर भएको हो। 

चितवनको भरतपुरस्थित वि. पि. कोइराला मेमोरियल क्यान्सर अस्पातालमा बोनम्यारो ट्रान्सप्लान्टशन निर्माण सम्बन्धी परियोजनाको र निजामती कर्मचारी अस्पातालको विस्तार गर्न सम्भाव्यता अध्ययन गर्ने सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भयो। जसमा नेपालको तर्फबाट अर्थ सचिव घनश्याम उपाध्याय र चीनको तर्फबाट सिड्का अध्यक्षले हस्ताक्षर  गरेका छन्। 

Read More