४ साउन, काठमाडौं । रसुवामा दुई साताअघि आएको बाढीका कारण भएको क्षतिको दाबी २९ करोड रुपैयाँ बराबर पुगेको छ ।
नेपाल बीमा प्रधिकरणका अनुसार आइतबारसम्म ६३ बढी आवेदनबाट उक्त रकम बराबर माग दाबी परेको हो ।
२३ असारमा आएको बढीपहिरोका कारण भन्सार यार्ड, आयात गरिएका जाँचपास भएका र हुन बाँकी गाडी तथा सामान सहितका कन्टेनर बगाएको थियो । साथै, ११ जनाको ज्यान गएको थियो भने १९ अझै बेपत्ता छन् ।


