काठमाडौं। नेपाल विद्युत् प्राधिकरणले सार्वजनिक/निजी साझेदारी (पीपीपी)मोडलमा ४ ओटा विद्युत् प्रसारण लाइन निर्माण गर्न आशयपत्र (इओआई) मागेको छ । ठूला क्षमताका प्रसारण लाइन निर्माण गर्न प्राधिकरणले सूचना जारी गर्दै निजी फर्म तथा कम्पनीहरूसँग आशयपत्र (इओआई) आह्वान गरेको हो ।
प्राधिकरणले ११८ किलोमीटरको तिङ्ला–दूधकोशी–ढल्केबर ४०० केभी, ९४ किलोमीटरको अरुण हब (शीतलपाटी)–इनरुवा ४०० केभी, ८० किलोमीटरको न्यू खिम्ती–ढल्केबर ४०० केभी र ३० किलोमीटरको लप्सीफेदी–तीनपिप्ले २२० केभी प्रसारण लाइन निर्माण गर्न आशयपत्र आह्वान गरेको छ ।


