अघिल्लो साता प्रतिनिधि सभाको अर्थ समितिमा नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) को पुनर्संरचना विषयमा एउटा छलफल भएको थियो। उपस्थित माननीयहरू स्टक एक्सचेन्ज कसले चलाउने, कसरी चलाउने, कति वटा चलाउने भन्नेबारे छलफल गर्दै थिए।
अधिकांश माननीय अलमलमा थिए, विषयवस्तु बाहिरका कुरा गरिरहेका थिए।
कतिपय आफ्नो निजी राजनीतिक लाभमा केन्द्रित थिए भने कतिपयले नियतवश विषयान्तर गर्न खोजेको प्रस्टै देखिन्थ्यो। नीति निर्माणको यो तहमा यस किसिमको अलमल ठीक होइन।


