साउन ४ आइतबार, श्रावण कृष्णपक्ष दशमी तिथि
मेष
कृषि, व्यापार तथा व्यवसायमा प्रगति हुने दिन छ।
वृष
खर्चमा नियन्त्रण राख्नुपर्छ। नयाँ योजना बनाउँदा ध्यान दिनुपर्ने समय छ।
मिथुन
आम्दानीमा वृद्धि र काम वा व्यवसायमा रहेको रोकावट हट्नेछ।
कर्कट
व्यवसाय विस्तार हुनुका साथै कामबाट मानसम्मान वा पदोन्नति मिल्न सक्छ।
सिंह
सामाजिक क्षेत्रमा काम गर्ने अवसर मिल्न सक्छ।
कन्या
आलस्यता बढ्नाले काम तथा व्यवसायमा उचित उपलब्धि प्राप्ति गर्न कठिन हुन सक्छ।
तुला
काम गर्ने उर्जा प्राप्त हुनेछ भने यात्रा, लत्ताकपडा सम्बन्धि व्यवसायबाट आम्दानी बढ्नेछ।
वृश्चिक
कार्यक्षेत्र रहेको समस्यालाई समाधान गरेर अगाडि बढ्ने दिन छ।
धनु
पारिवारिक तथा सामाजिक क्षेत्रमा समय खपत हुन सक्छ भने व्यवसाय तथा कामको क्षेत्र सामान्य रहनेछ।
मकर
खर्चको मात्रा बढ्न सक्छ। विरोधीहरु सक्रिय भएर काममा रोकावट ल्याउन सक्ने भएकाले सतर्क रहनुपर्छ।
कुम्भ
व्यवसाय विस्तार हुन सक्छ। मानसम्मान तथा पदप्रतिष्ठा बढ्ने समय छ।
मीन
आर्थिक क्षेत्रमा सामान्य प्रगतिको समय छ। बोलीमा नियन्त्रण राख्नुपर्छ।


