काठमाडौं : आर्थिक वर्ष २०८१-८२ सकिँदा संघीय सञ्चिति कोष दुई खर्ब रुपैयाँ घाटामा पुगेको छ ।
अर्थ मन्त्रालयका अनुसार गत साउन ३२ गतेसम्म संघीय सञ्चिति कोष दुई खर्ब चार अर्ब रुपैयाँ घाटामा रहेको छ । २०८१ साउनमा दुई खर्ब २४ अर्ब ९९ करोड रुपैयाँ घाटामा रहेको कोष गत आर्थिक वर्षको अन्त्यसम्म आइपुग्दा २० अर्बले घटेको हो ।


