वाग्मती प्रदेशको हेटौँडास्थित आन्तरिक राजस्व कार्यालयले लामो समयदेखि कर नबुझाएका १२२ करदाताविरुद्ध कारबाही प्रक्रिया अघि बढाएको छ। मूल्य अभिवृद्धि कर, आयकर, अन्तःशुल्क तथा अग्रिम करकट्टीको बक्यौता नबुझाउने करदातामाथि कारबाही सुरु गरिएको कार्यालयका प्रमुख युक्तप्रसाद सुवेदीले जानकारी दिए।
प्रमुख सुवेदीका अनुसार कर बक्यौता दाखिला नगर्ने करदाताहरूको अभिलेख तयार पारिएको छ। “अब तोकिएको म्यादभित्र कर दाखिला नगरे बैंक खाता रोक्का, घरजग्गा रोक्का तथा आयात–निर्यातसमेत रोकिनेछ,” उनले चेतावनी दिए।

