इतिहासकै ठूलो कारोबारपछि नेप्सेको प्रेस विज्ञप्ति, २१ खर्ब नाघ्यो सेयर कारोबार


इतिहासकै ठूलो कारोबारपछि नेप्सेको प्रेस विज्ञप्ति, २१ खर्ब नाघ्यो सेयर कारोबार

नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) ले आर्थिक वर्ष २०८१/८२ मा भएको ऐतिहासिक सेयर कारोबारबारे प्रेस विज्ञप्ति जारी गरेको छ। नेप्सेका अनुसार यस वर्ष दोस्रो बजार कारोबार रकम अघिल्ला सबै वर्षको तुलनामा उच्च रेकर्डमा पुगेको छ।

वित्तीय तथ्यांकअनुसार आर्थिक वर्ष २०८०/८१ मा दोस्रो बजारमा रु. ७ खर्ब ३४ अर्ब ६८ करोड बराबरको धितोपत्र कारोबार भएको थियो। तर, आर्थिक वर्ष २०८१/८२ मा सो रकम झण्डै तीन गुणाले वृद्धि भई रु. २१ खर्ब २४ अर्ब ९१ करोड पुगेको छ। यसले अघिल्लो वर्षको तुलनामा १८९.२३ प्रतिशतले बढी कारोबार भएको देखाउँछ। यसअघि सबैभन्दा धेरै कारोबार रकम आर्थिक वर्ष २०७७/७८ मा देखिएको थियो, जसमा रु. १४ खर्ब ५४ अर्ब ४४ करोड बराबरको कारोबार भएको थियो।

Read More