पाँच करोडभन्दा धेरै लागतका आयोजना ठेक्का लिने निर्माण व्यवसायीले नै मर्मत गर्नुपर्ने


पाँच करोडभन्दा धेरै लागतका आयोजना ठेक्का लिने निर्माण व्यवसायीले नै मर्मत गर्नुपर्ने

पाँच करोड रूपैयाँभन्दा बढी लागत भएका सडक, पुल, बाँध, नहरजस्ता आयोजनाको निर्माण सम्पन्नपछि पनि कम्तिमा पाँच वर्ष निर्माण व्यवसायीले मर्मत गर्नुपर्ने भएको छ।

अर्थमन्त्रालयले बिहीबार चालु वर्ष २०८२/८३ को बजेट कार्यान्वयनको लागि मार्गदर्शन जारी गर्दै यस्तो व्यवस्था गर्न भनेको हो।

अर्थले अब सम्झौता हुने नयाँ आयोजनाको ठेक्का व्यवस्थापन गर्दा कम्तिमा पाँच वर्ष सम्बन्धित अर्थात् ठेक्का पाएको व्यवसायीबाट नै मर्मत गराउने गरी व्यवस्था गर्न भनेको हो।

Read More