विदेशी मुद्रा साट्न बैंक खाता अनिवार्य, २ हजार ५०० बाट बढाएर ३ हजार डलर पुर्याइयाे


विदेशी मुद्रा साट्न बैंक खाता अनिवार्य, २ हजार ५०० बाट बढाएर ३ हजार डलर पुर्याइयाे

नेपाल राष्ट्र बैंकले विदेशी मुद्रा साट्न बैंक खाता अनिवार्य गरेको छ। केन्द्रीय बैंकले बिहीबार बैंक तथा वित्तीय संस्थाका लागि जारी गरेको एकीकृत निर्देशनमा यस्ताे नयाँ व्यवस्था गरेकाे हाे ।

राहदानीबापतको सटही सुविधा र औपचारिक भ्रमणबापतको सटही सुविधा परिवत्र्य विदेशी मुद्राको खातामा जम्मा गरी (नयाँ खाता खोली समेत) उपलब्ध गराउन सकिने व्यवस्था थप गरिएको छ। यसअघि यस्तो व्यवस्था थिएन।

यसैगरी भारतबाहेक अन्य मुलुकको भ्रमणमा जाने नेपाली नागरिकलाई राहदानीबापत प्रतिपटक अमेरिकी डलर ३ हजार वा सोबराबरको परिवत्र्य विदेशी मुद्रासम्म सटही सुविधा दिन सकिने व्यवस्था गरिएको छ। यसअघि यस्तो सुविधा अमेरिकी डलर २ हजार ५०० थियो।

Read More