काठमाडौं । चालू आर्थिक वर्षको असार मसान्तसम्ममा न्यूनतम २० करोड रुपैयाँ चुक्तापूँजी कायम गर्नुपर्ने अवस्थामा रहेका धितोपत्र दलाल व्यवसायी (ब्रोकर) कम्पनीहरूलाई यतिबेला राहत मिलेको छ ।
अर्थ मन्त्रालयले ब्रोकरहरूलाई तोकिए बमोजिम पूँजी पुर्याउन ९ महीना थपको प्रस्तावलाई स्वीकृति गरेको छ । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले ब्रोकर कम्पनीहरूलाई पूँजी बढाउने समयसीमा ९ महीना थप गर्नेगरी नियमावली संशोधन मस्यौदा स्वीकृतिका लागि अर्थ मन्त्रालय पढाएको थियो ।


