बाढीले क्षतिग्रस्त रसुवागढी आयोजना सञ्चालनमा आउन केही समय लाग्ने


बाढीले क्षतिग्रस्त रसुवागढी आयोजना सञ्चालनमा आउन केही समय लाग्ने

बाढीबाट क्षतिग्रस्त रसुवागढी आयोजना सञ्चालनमा आउन केही समय लाग्ने भएकाे छ । बाढीले क्षति पुर्याउँदा १११ मेगावाट क्षमताको रसुवागढी जलविद्युत् आयोजनाबाट विद्युत उत्पादन हुन सकेकाे छैन् ।

“सबैभन्दा बढी क्षति भएको १११ मेगावाट क्षमताको रसुवागढी जलविद्युत् आयोजना संरचनालाई सञ्चालनमा ल्याउन केही समय लाग्छ”, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले, “बाढीबाट उक्त आयोजनामा बढी क्षति पुगेको थियो । यसको ‘हेडवर्कस’मा पूर्णरुपले क्षति पुगेको छ । यसलाई सकेसम्म चाँडो सञ्चालनमा ल्याउनेगरी काम सुरु गरिसकेका छौँ ।”

रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट अवरुद्ध जलविद्युत् आयोजनामध्ये करिब ९० मेगावाट क्षमता बराबरको आयोजना सञ्चालनमा ल्याउन थालिएको राष्ट्रियसभाको आजको बैठकमा सांसदहरुको सवालको जवाफ दिँदै मन्त्री खड्काले बताए ।

Read More