३१ असार, काठमाडौं । सरकारले असारको २९ दिनमा पूँजीगत शीर्षकको बजेट मनग्य खर्च गरेको छ । चालु आर्थिक वर्ष २०८१/८२ को ११औं महिनासम्म शान्त बसेको सरकारले कुल पूँजीगत खर्चको ३२ प्रतिशत खर्च २९ दिनमै गरेको महालेखा नियन्त्रकको कार्यालयको आँकडा छ ।
कार्यालयका अनुुसार २९ असारसम्म पूँजीगत खर्च २ खर्ब ११ अर्ब ३५ करोड ७९ लाख खर्च भएको छ । ३१ जेठसम्म १ खर्ब ४३ अर्ब ३८ करोड ८८ लाखमात्र पूँजीगत खर्च भएको थियो ।


