३० असार, काठमाडौं । स्वास्थ्य बीमाको सेवा सुविधा लागु हुने समय अब छोट्टिने भएको छ ।
सरकारले स्वास्थ्य बीमा नियमावली, २०७५ को पहिलो संशोधन २०८२ अनुसार बिमित व्यक्तिले बीमामा दर्ता भएको महिनापश्चात् तेस्रो महिनाको पहिलो गतेदेखि बीमा सेवा-सुविधा लिनसक्ने व्यवस्था कार्यान्वयनमा ल्याएको छ ।


