नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षको ११ महिनासम्मको अवधिमा १८५ खर्ब बढीको तरलता प्रशोचन गरेको छ । केन्द्रीय बैंकले जेठ मसान्तसम्मको अवधिमा १८५ खर्ब ५८ अर्ब ७० करोड तरलता प्रशोचन गरेको हो ।
राष्ट्र बैंकका अनुसार निक्षेप संकलन बोलकबोलमार्फत ८१ पटक गरी २७ खर्ब ८४ अर्ब ८० करोड तथा स्थायी निक्षेप सुविधामार्फत १३५ पटक गरी १८५ खर्ब ५८ अर्ब ७० करोड तरलता प्रशोचन भएको छ । यस अवधिमा बैंक तथा वित्तीय संस्थाहरूले ओभरनाइट तरलता सुविधामार्फत उपभोग गरेको २ अर्ब ७० करोड (कारोबारमा आधारित) घटाउँदा खुद २१३ खर्ब ४० अर्ब ८० करोड तरलता प्रशोचन भएको छ । अघिल्लो आर्थिक वर्षमा खुला बजार कारोबारका विभिन्न उपकरणमार्फत खुद ३८ खर्ब ६८ अर्ब ८४ करोड तरलता प्रशोचन गरिएको थियो ।


