काठमाडौं : अर्थ मन्त्रालयले सबै सार्वजनिक निकायबाट हुने भुक्तानीलाई अनिवार्य रुपमा विद्युतीय माध्यमबाट गर्ने व्यवस्था गर्न परिपत्र गरेको छ।
मन्त्रालयले आगामी साउन एक गतेदेखि सार्वजनिक निकायबाट हुने सबै प्रकारका भुक्तानीलाई अनिवार्य रुपमा विद्युतीय प्रणालीमार्फत गर्ने व्यवस्था मिलाउन परिपत्र गरेको हो।


