४३९ मेगावाटको बेतन कर्णाली आयोजनालाई विद्युत उत्पादन अनुमतिपत्र


४३९ मेगावाटको बेतन कर्णाली आयोजनालाई विद्युत उत्पादन अनुमतिपत्र

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले बेतन कर्णाली सञ्चयकर्ता हाइड्रोपावर कम्पनी लिमिटेडमार्फत् निर्माणाधीन ४३९ मेगावाट क्षमताको अर्धजलाशययुक्त बेतन कर्णाली जलविद्युत आयोजनालाई ऊर्जा सचिवस्तरीय निर्णयबाट विद्युत उत्पादन अनुमतिपत्र प्रदान गरेको छ।

ऊर्जा मन्त्रालयमा आयोजित एक कार्यक्रममा ऊर्जा सचिव सुरेश आचार्यले कम्पनीका प्रमुख प्रशासकीय अधिकृत श्रीकृष्ण प्रसाद आचार्यलाई अनुमतिपत्र हस्तान्तरण गर्दै आयोजनाको समयमै सम्पन्न गर्ने भूमिका खेल्न आवश्यक निर्देशन दिए। उनले शुभकामना समेत व्यक्त गरे। 

Read More