बैंक तथा वित्तीय संस्थाको निक्षेप निरन्तर बढ्दै, पुग्यो ७१ खर्ब ८८ अर्ब, कर्जा प्रवाह सुस्त


बैंक तथा वित्तीय संस्थाको निक्षेप निरन्तर बढ्दै, पुग्यो ७१ खर्ब ८८ अर्ब, कर्जा प्रवाह सुस्त

पछिल्लो समय बैंक तथा वित्तीय संस्थामा निक्षेप बढ्दै गएको छ । नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांक अनुसार बैंक तथा वित्तीय संस्थाको निक्षेप ७१ खर्ब ८८ अर्ब पुगेको हो । 

नेपाल राष्ट्र बैंकको असार २३ गतेसम्मको तथ्यांक अनुसार वाणिज्य बैंक, विकास बैंक र वित्तीय संस्थाहरुमा उक्त रकम निक्षेप रहेको छ । असार २२ गते बैंक तथा वित्तीय संस्थाहरुमा ७१ खर्ब ७१ अर्ब रुपैयाँ निक्षेप रहेको थियो । निक्षेपमध्ये वाणिज्य बैंकहरुमा मात्रै ६४ खर्ब ३७ अर्ब रुपैयाँ निक्षेप रहेको छ । त्यस्तै अन्य बैंक तथा वित्तीय संस्थाहरुमा ७ खर्ब ५१ अर्ब रुपैयाँ निक्षेप संकलन भएको छ । 

Read More