काठमाडौं । खातामा रकम मौज्दात नभएको वा मौज्दात भएपनि पर्याप्त नभएको अवस्थामा चेक अनादर प्रमाणित भएमा कालोसूचीमा समावेश गर्न तत्कालै पहल सकिने भएको छ । यसअघि दुई पटकसम्म चेक फिर्ता भएपछि मात्रै कालोसूचीमा राख्न पहल गर्न पाउने व्यवस्था थियो । नयाँ व्यवस्थासँगै बैंकमा चेक साट्न जाँदा पर्याप्त मौज्दात नभएमा तत्काल कालोसूचीमा राख्न सकिने भएको हो ।


