काठमाडौं महानगरले २५ अर्ब ११ करोड ४३ लाख रुपैयाँको बजेट ल्याउने


काठमाडौं महानगरले २५ अर्ब ११ करोड ४३ लाख रुपैयाँको बजेट ल्याउने

काठमाडौं महानगरपालिकाले २५ अर्ब ११ करोड ४३ लाख रुपैयाँको बजेट ल्याउने भएको छ।

शुक्रबार बसेको स्रोत अनुमान तथा बजेट सीमा निर्धारण समितिको बैठकले खर्च र आम्दानीको आधारमा आगामी वर्षको लागि सीमा निर्धारण गरेको हो।

सो क्रममा आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि २५ अर्ब ११ करोड ४३ लाख रुपैयाँको बजेट ल्याउने भएको महानगरका सहप्रवक्ता ध्रुव काफ्लेले जानकारी दिए।

Read More