अब बैंक तथा वित्तीय संस्थाको चेक अनादर (बाउन्स) भएपछि त्यसको उजुरीका आधारमा सम्बन्धित व्यक्ति वा संस्थालाई कालोसूचीमा राखिने भएको छ । नेपाल राष्ट्र बैंकले “चेक अनादर प्रमाणित गर्ने कार्यविधि, २०८२” जारी गर्दै चेक बाउन्ससम्बन्धी कानुनी प्रक्रिया र निर्देशिकामा व्यापक संशोधन गरेको हो।
नयाँ कार्यविधिअनुसार, यदि कुनै व्यक्तिले चेक जारी गरी खातामा पर्याप्त रकम नजमाएर अनादर गरायो भने, चेक धारकले सम्बन्धित बैंक वा वित्तीय संस्थामा निवेदन दिएपछि ५ दिनभित्र चेक जारीकर्ता कालोसूचीमा सिफारिस गर्नुपर्ने व्यवस्था गरिएको छ। यस्ता व्यक्तिको विवरण कर्जा सूचना केन्द्र (क्रेडिट इन्फर्मेशन ब्युरो) मा सूचीकृत हुने छ।

