काठमाडौँ । त्रिभुवन विश्वविद्यालयको आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि २८ अर्ब १२ करोड ५७ लाख २१ हजारको बजेट पास गरिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको त्रिवि सभाले आगामी आर्थिक वर्षको बजेट पास गरेको हो ।
रजिस्ट्रार प्राडा केदारप्रसाद रिजालले सभामा बजेट वक्तव्य प्रस्तुत गरेका थिए । उनले प्रस्तुत गरेको बजेट जुन चालु आर्थिक वर्षको तुलनामा ७.४८ प्रतिशतले बढी हो ।


